प्रदान गरिने सेवाहरू
- नेपाल सरकारको राजस्व तथा अन्य सरकारी प्राप्तिको लेखा व्यवस्थापन।
- सरकारी निकायहरूको भुक्तानी तथा निकासा सम्बन्धी कार्य।
- संघीय सञ्चित कोषबाट खर्च हुने रकमको नियन्त्रण तथा लेखाङ्कन।
- सरकारी कार्यालयहरूको आर्थिक कारोबारको अभिलेख तथा प्रतिवेदन तयारी।
- वित्तीय विवरण तथा वार्षिक लेखा प्रतिवेदन तयार गर्ने कार्य।
- बजेट कार्यान्वयन सम्बन्धी लेखा तथा वित्तीय परामर्श सेवा।
- सार्वजनिक खर्चको लेखा परीक्षणका लागि आवश्यक विवरण उपलब्ध गराउने।
- कर्मचारी तलब, भत्ता तथा निवृत्तिभरण सम्बन्धी भुक्तानी व्यवस्थापन।
- बेरुजु फर्छ्यौट तथा वित्तीय अनुशासन सम्बन्धी समन्वय।
- सार्वजनिक वित्त व्यवस्थापन सूचना प्रणाली (PFMIS) तथा सम्बन्धित प्रणालीहरूको सञ्चालन तथा सहजीकरण।
- आर्थिक प्रशासन सम्बन्धी क्षमता विकास तथा प्राविधिक सहयोग।
- प्रचलित कानून बमोजिम तोकिएका अन्य कोष तथा लेखा सम्बन्धी सेवाहरू।
- कर सम्बन्धी सेवाहरु।