दृष्टिकोण (Vision)

सार्वजनिक वित्त व्यवस्थापनलाई पारदर्शी, उत्तरदायी, विश्वसनीय तथा प्रविधिमैत्री बनाउने।


ध्येय (Mission)

नेपाल सरकारको वित्तीय प्रशासनलाई प्रभावकारी, मितव्ययी तथा नतिजामूलक बनाउन कोष तथा लेखा व्यवस्थापन प्रणालीलाई सुदृढ गर्ने।


उद्देश्य

  • सरकारी कोष तथा लेखा प्रणालीलाई प्रभावकारी बनाउने।
  • सार्वजनिक खर्चमा पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धि गर्ने।
  • वित्तीय अनुशासन कायम गर्ने।
  • सरकारी निकायहरूको भुक्तानी तथा लेखा व्यवस्थापनलाई व्यवस्थित गर्ने।
  • सूचना प्रविधिमा आधारित वित्तीय प्रणालीको प्रवर्द्धन गर्ने।

कार्यक्षेत्र

यस कार्यालयले मुख्य रूपमा निम्न कार्यहरू सम्पादन गर्दछः

  • नेपाल सरकारको स्वीकृत बजेट बमोजिम खर्च भुक्तानी गर्ने।
  • सरकारी कार्यालयहरूको लेखा अभिलेख व्यवस्थापन गर्ने।
  • राजस्व, धरौटी तथा अन्य सरकारी रकमको लेखा राख्ने।
  • वित्तीय प्रतिवेदन तयार गर्ने।
  • सरकारी निकायहरूको वित्तीय कारोबारको अनुगमन गर्ने।
  • सार्वजनिक खर्चको वित्तीय अनुशासन कायम गराउने।
  • सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी निर्देशन तथा परिपत्र कार्यान्वयन गराउने।