कार्यालय परिचय

कोष तथा लेखा नियन्त्रक कार्यालय, मार्तडी, बाजुरा नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत महालेखा नियन्त्रक कार्यालयको मातहत रहेको एक महत्वपूर्ण सरकारी निकाय हो। यस कार्यालयले जिल्लास्थित सरकारी निकायहरूको कोष तथा लेखा व्यवस्थापन, सरकारी खर्चको भुक्तानी, राजस्व तथा धरौटी सम्बन्धी लेखा व्यवस्थापन, वित्तीय अनुशासन कायम गर्ने तथा सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउने कार्य गर्दछ।

सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा वित्तीय अनुशासनलाई सुदृढ गर्दै सार्वजनिक स्रोत साधनको प्रभावकारी परिचालनमा सहयोग पुर्याउनु यस कार्यालयको प्रमुख उद्देश्य हो।